भ्यूटावरमाथि गर्व गर्दै ओलीले भने : अरुको विदेश भ्रमण माउकीराले चिना खाए जस्तो

बालेन शाहको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनले भने, ‘‘धरहरा बनाउँदा सेतो टावर बाहेक केही होइन किन भन्ने? फ्रान्सको आइफील टावर भ्यूटावर होइन ? आज फ्रान्सको गौरव बनेको छ।”

नेपालभ्युज

भ्यूटावरमाथि गर्व गर्दै ओलीले भने : अरुको विदेश भ्रमण माउकीराले चिना खाए जस्तो

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यूटावरहरूको विरोध गर्नेले गौरवको महत्व नबुझेको बताएका छन्। आज ललितपुरमा आयोजित चुनावी सभामा उनले पेरिसको पेरिसको आइफील टावरको उदाहरण दिँदै विकासबारे भ्यूटावरको विरोध गर्नेले विकासबारे नबुझेको दाबी गरे।

केही दिनअघि काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले धरहरालाई ‘सेतो टावर’ भनी अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनले भने, ‘‘धरहरा बनाउँदा सेतो भ्यूटावर बाहेक केही होइन किन भन्ने? फ्रान्सको आइफील टावर भ्यूटावर होइन ? आज फ्रान्सको गौरव बनेको छ।”

एक अन्तर्वार्तामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले टावर र गेट नबनाउने भनेको भन्दै उनले गेट र भ्यूटावरहरू गौरव र विकासको विषय भएको बताए। संसारका भव्य शहरमा गेट र टावरहरू भएको उनको भनाइ थियो।

गठबन्धनका नेताहरूले पनि विदेश भ्रमण गरेको तर विदेशबाट केही नसिकेको टिप्पणी उनले गरे। गठबन्धनका नेताहरूले विदेशमा गएर पाउरोटीमा बटर दलेर खाएर मात्रै आएकाले आफूले गरेका विकासको विरोध गरेको उनको भनाइ थियो।

नेकपा एमालेले गरेका काम नदेख्नु माउकीराले चिना खाए जस्तै भएको टिप्पणी उनको थियो। ‘‘मान्छे जन्मिएको बेलाका ग्रह कुण्डली राखेर बनाएको चिना हुन्छ। त्यो चिना खाने सानो घुन जस्तो माउकीरो हुने। त्यसले सिंगै चिना खाइदिन्छ तर कति ग्रह थिए त भन्ने थाहा हुँदैन, यिनले गरेको देशविदेशो भ्रमण पनि माउकीराले चिना खर्लप्पै खाए जस्तै हो।”

उनले एमालेको चुनाव घोषणापत्रमा सडक, भवन, पुल, एयरपोर्ट, हवाइ मैदान, हवाइ कार्यालय भएको बताउँदै आफूहरूसँग विकासका एजेण्डाहरू दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved