वीर अस्पताललाई दुई इलेक्ट्रो लाइट एनलाइजर सहयोग

नेपालभ्युज

वीर अस्पताललाई दुई इलेक्ट्रो लाइट एनलाइजर सहयोग

काठमाडौं। ईश्वर मन्दिर नामक एक सामाजिक संस्थाले वीर अस्पताललाई दुईओटा इलेक्ट्रो लाइट एनलाइजर सहयोगस्वरूप उपलब्ध गराएको छ।

सोमबार एक कार्यक्रममा संस्थाका प्रमुख संरक्षक एवम् पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले रगत परीक्षणका लागि अतिउपयोगी हुने सो मेसिन अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतलाई हस्तान्तरण गरेका हुन्। अमेजिन प्यारेन्स भन्ने अष्ट्रेलियामा रहेको एक संस्थाले उपलब्ध गराएको ती मेसिन गरिब र असहायहरूले उपचार गरिरहेको वीर अस्पताललाई उपलब्ध गराइएको संस्थाका प्रमुख संरक्षक कोइरालाले बताए।

यता, अस्पतालका निर्देशक बस्नेतले गरिबको जीवन रक्षाका लागि अति आवश्यक मेसिन उपलब्ध गराएको भन्दै संस्थाप्रति आभार व्यक्त गरे। उक्त संस्थाले नेपालको शिक्षा, स्वास्थ्य र भूकम्पपछिको पुनर्निर्माणमा काम गर्दै आएको  छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved