ओलीलाई फेरि सत्तामा ल्याउनु हुँदैन : प्रधानमन्त्री देउवा

नेपालभ्युज

ओलीलाई फेरि सत्तामा ल्याउनु हुँदैन : प्रधानमन्त्री देउवा

धनगढी। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई सत्तामा ल्याउन नहुने बताएका छन्।

सोमबार धनगढीमा सत्ता गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देउवाले ओलीलाई फेरि सत्तामा ल्याए संसद भंग हुने बताए। सभामा उनले भने, ‘‘संविधानमा नभएको अधिकार प्रयोग गरेर ओलीजीले दुई–दुई पटक संसद भंग गर्नुभयो। संसद सुचारु भएपछि पनि चल्न दिनुभएन। त्यस्तो पार्टीलाई भोट दिएर के काम ?’’

यस्तै देउवाले सुदूरपश्चिमका लागि आफूले थुप्रै काम गरेको दाबी गरे। ‘‘यो ठाउँ मेरो लागि महत्वपूर्ण ठाउँ हो। सुदूरपश्चिमकै कारणले म प्रधानमन्त्री भएको हुँ। सबै ठाउँमा मैले काम पनि गरेको छु’’, उनले भने।

उनले भारत भएर आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्य पनि आफूले गरेको बताए। उनले भने, ‘यहाँ भारत भएर आउनुपर्ने थियो। अहिले यहाँ २२ वटा पुल बनाइएकाे छ। कर्णाली पारि पनि राति जान नपाउने अवस्था थियो। अहिले राति जान पाउने व्यवस्था पनि मिलाएको छु।’

उनले धनगढी–दीपायल फास्ट ट्रयाक मात्रै नभएर तिब्बतसम्म पुग्ने बाटो बनाउने प्रतिबद्धता समेत जनाए। विकासको पहिलाे प्राथमिकतामा सुदूरपश्चिमलाई राखिने भन्दै उनले सबैभन्दा बढी बजेट पनि यहाँकै लागि छुट्याउने दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved