ओलीलाई कांग्रेसको प्रश्न : कुन मुखले भोट माग्दै हुनुहुन्छ ?

प्रवक्ता महतले भने, ‘‘आर्थिक सुशासन, विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, संविधान निर्माण र कानूनी शासन कुनै कोणबाट ओली सफल हुनुहुन्छ।”

नेपालभ्युज

ओलीलाई कांग्रेसको प्रश्न : कुन मुखले भोट माग्दै हुनुहुन्छ ?

काठमाडौं। नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार पूर्ण असफल भएको दाबी गरेको छ। आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले ओली नेतृत्वको सरकारको आलोचना गरेका हुन्।

ओलीले दुईपटक हात उठाएर संसद् विघटन गरेको उल्लेख गर्दै उनले एमालेसँग जनतासँग भोट माग्ने आधार नभएको उनले बताए। ‘‘आर्थिक सुशासन, विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, संविधान निर्माण र कानूनी शासन कुनै कोणबाट ओली सफल हुनुहुन्छ। के मुखले अब फेरि भोट माग्ने कुरा गर्नुहुन्छ ?”

पूर्ण रूपमा ओली असफल भएकै कारण तत्काली नेकपा तीन घटकमा विभाजन भएको उनको आरोप थियो। ओलीले बर्बाद गरेका कारण दुई घटक कांग्रेससँग मिल्न आई कांग्रेसले नेतृत्व लिनुपरेको उनको भनाइ थियो। प्रवक्त महतले ओली सरकारमा भ्रष्टाचार भएको आरोप लगाउँदै कोरोना कालमा पनि कमिशनको खेलमा मुलुकको बेहाल भएको आरोप लगाए।

उनले भने, ‘‘उहाँले विकास, सुशासन, भ्रष्टाचारमुक्त समाजको कुरा गर्न मिल्छ रु कमिसनलाई पर्खिँदा-पर्खिदाँ कसले बढी दिन्छ भन्ने बाटोमा जाँदा मुलुकको बेहाल भएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved