पोखरा पुगेर श्रममन्त्रीले भने, ‘आफ्नै अध्यक्ष हटाएर कांग्रेसलाई प्रधानमन्त्री दिएका हौँ, त्यसको गुण तिर्नुपर्छ’

मन्त्री श्रेष्ठले पाँच दलीय गठबन्धन नबनेको भए गणतन्त्र, संघीयता र संविधान नरहने भन्दै गठबन्धनलाई जसरी पनि जिताउनुपर्ने बताए।

नेपालभ्युज

पोखरा पुगेर श्रममन्त्रीले भने, ‘आफ्नै अध्यक्ष हटाएर कांग्रेसलाई प्रधानमन्त्री दिएका हौँ, त्यसको गुण तिर्नुपर्छ’

पोखरा। सत्तारुढ नेकपा (एकीकृत समााजवादी)का नेता तथा श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफ्नै अध्यक्षको सरकार ढालेर नेपाली कांग्रेसलाई प्रधानमन्त्री दिएकाले त्यसको गुण कांग्रेसले तिर्नुपर्ने बताएका छन्।

पोखराको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आफूहरुले तत्कालीन समयमा आफूहरु रहेको पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार ढालेर कांग्रेसलाई प्रधानमन्त्री पद दिएकाले अहिले कांग्रेसले त्यसको गुण तिर्नुपर्ने बताए।

सत्ता गठबन्धनको तर्फबाट पोखरा महानगरको मेयर पदमा उम्मेदवार रहेका एकीकृत समाजवादीका धनराज आचार्यलाई कांग्रेसले जिताएर गुण तिर्नुपर्ने बताए। उनले पोखरामा महानगरमा गठबन्धनले नजिते मुलुक ठूलो दुर्घटनामा पर्ने चेतावनीसमेत दिए।

मन्त्री श्रेष्ठले पाँच दलीय गठबन्धन नबनेको भए गणतन्त्र, संघीयता र संविधान नरहने भन्दै गठबन्धनलाई जसरी पनि जिताउनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved