एमालेका उम्मेदवार चढ्ने गाडीमा आगजनी

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनाबारे इलाका प्रहरी कार्याल राकम कर्णालीले अनुसन्धान गरिरहेको छ।

एमालेका उम्मेदवार चढ्ने गाडीमा आगजनी

सुर्खेत। नेकपा एमालेबाट दैलेखको आठबीस नगरपालिकामा मेयर उम्मेदवार रहेका तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ।

बा १९ च ५५७९ नम्बरको स्कोर्पियो गाडीमा बिहान साढे करीब सवा तीन बजे आगजनी भएको उम्मेदवार बढुवालले जानकारी दिए।

गाडी आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होटलमा पाकिङ् गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए।

बडुवालले अज्ञात समूहले गाडीमा आगजनी गरेको बताएका छन्। “चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पुर्‍याएका थिए,” उनले भने, “त्यस कारण खासै क्षति भने हुन पाएन।”

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनाबारे इलाका प्रहरी कार्याल राकम कर्णालीले अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved