भरतपुरको चुनावी सभामा बादलले भने, ‘म यहाँ धम्क्याउन आएको हैन’

नेपालभ्युज

भरतपुरको चुनावी सभामा बादलले भने, ‘म यहाँ धम्क्याउन आएको हैन’

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आफू भरतपुरमा धम्क्याउन नआएको बताएका छन्।

चितवनको भरतपुरमा नेकपा (एमाले) ले गरेको गरेको चुनावी सभामा बादले आफू बरु यहाँ फकाउन आएको बताए। उनले भने, “म यहाँ तपाईंहरूलाई धम्क्याउनका लागि यहाँ आएको छैन, न त म यहाँ फकाउन र लोभ्याउन नै आएको छु। हामीसँग सहकार्य गर्ने सहयात्रीलाई झुक्याउन पनि आएको होइन।”

उनले नेपालको राजनीतिक आन्दोलन, नेपालको राष्ट्रिय स्वाधीनताका सवालमा आफूहरू नयाँ ठाउँमा आएको पनि बताए। भने, “नयाँ ठाउँमा आउँदा इतिहासले हाम्रासामु नयाँ चुनौती र अवसर ल्याएको छ। हामीले चुनौती र अवसरलाई कसरी सामना गर्ने भन्ने प्रश्न आएको छ। नेपाली जनता सामु यसको जवाफ दिनुपर्ने समय आएको छ।”

“यो स्थानीय निर्वाचनको वैचारिक महत्त्व के छ पार्टीको धारणा यहाँ राख्न चाहन्छु। हाम्रो पार्टीले नयाँ समस्याका प्रश्न उठेका छन्, त्यसको समाधानका बारेमा के सोचेको छ, के नीति ल्याएको छ त्यसका विषयमा तपाईंहरुलाई केही भन्न आएको हो,” उनले भने।

२०६२-६३ मा मा एकतन्त्रीय शासनमाथि विजय प्राप्त गरेको भन्दै उनले‍ सामान्तवादले लादेको शासनलाई जनताको हातमा ल्याएको भन्दै गर्व गरे। “त्यसलाई हामीले संघीय गणतन्त्र भन्यौँ। नयाँ परिवेशमा आउँदा नयाँ समस्या आएका छन्। हामीले सामन्तवाद विरुद्धको शासनलाई अन्त्य गर्यौँ यद्यपि बाह्य हस्तक्षेप अन्त गर्न सकेका छैनौँ।”

अहिले तीन प्रकारका आधारभूत समस्या रहेका भन्दै उनल‍े आन्तरिक, पुँजीवादीले लादेका समस्या र बाह्य हस्तक्षेपको समस्या जसरी हल गरिएको थियो। आज पनि त्यसको समाधान आफूहरूले गर्न सक्ने उनले बताए।

“निर्वाचनमा दुई धारबीचको अन्तर्संघर्ष चलेको छ। एक पुँजीवादीहरुको गठबन्धनको धारा र अर्को श्रमजीवीहरूको धाराबीचको संघर्ष चलिरहेको छ। राष्ट्रिय आत्मसमर्पण गर्नेहरू र राष्ट्रभक्तबीच प्रतिस्पर्धा भइरहेको छ। यो दुई पक्षबीचको संघर्षका रुपमा यो निर्वाचन आएको छ,” उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved