गठबन्धन सरकारमाथि बुटवलमा पनि ओलीको प्रहार – देशमा अलच्छिन पस्यो

नेपालभ्युज

गठबन्धन सरकारमाथि बुटवलमा पनि ओलीको प्रहार – देशमा अलच्छिन पस्यो

बुटवल। काठमाडौंमा गठबन्धन सरकारमाथि खनिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा पनि वर्तमान सरकारमाथि आक्रोश पोखेका छन्।

आइतबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकार बनेपछि देशमा अलच्छिन पसेको टिप्पणी गरे। सभामा उनले भने, ‘‘देशमै अलच्छिन पस्यो। यो ३० गतेको निर्वाचनमा अलच्छिनलाई जरैसमेत उखेलेर फाल्नुपर्छ।’’

गठबन्धन सरकारले पैसा छैन भन्दै विकासे आयोजनाका बजेट काटेको उनले बताए। एमालेले कहिल्यै पैसा छैन नभनेको उनको दाबी छ। उनले भने, ‘‘हाम्रो सरकारले बाटो चौडा गर्न, विकासका कामहरु गर्न पैसा छैन कहिल्यै भनेन। यो गठबन्धन आयो पैसा छैन मात्रै भन्छ।’

बिहान पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पनि ओलीले विभिन्न कमजोरी औंल्याउँदै कांग्रेसमाथि प्रहार गरेका थिए। कांग्रेसकै कारण एमालेले अघि बढाएको विकास र समृद्धिको यात्रामा अवरोध पुगेको उनको निष्कर्ष थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved