आरजु देउवालाई सुरेन्द्र पाण्डेको चेतावनी : यो राणा शासन होइन, तपाईंको गोजीको पैसा होइन

नेपालभ्युज

आरजु देउवालाई सुरेन्द्र पाण्डेको चेतावनी : यो राणा शासन होइन, तपाईंको गोजीको पैसा होइन

काठमाडौं । नेकपा एमलाेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्रीपत्नी तथा नेपाली कांग्रेस नेता आरजु राणा देउवालाई नेपाली जनतालाई बेबकुब भएको नठान्न चेतावनी दिएका छन्।

चितवनको भरतपुरमा भएको पार्टीको चुनावी सभामा उनले देउवाले यस्तो बताए।  उनले वर्तमान गठबन्धनलाई चाउरे पिरतीको संज्ञा दिँदै यो धेरै दिन चल्न नसक्ने बताए।

उपाध्यक्ष पाण्डले भने, “केही दिनअघि प्रधानमन्त्री पत्नीले भन्नुभएछ। हामीले हारेका ठाउँमा बजेट दिँदैनौं। जहाँ कांग्रेसलाई मत हाल्नुहुन्छ। त्यहाँ मात्र मत दिन्छौं। क्याबात, २१ औं शताब्दीका नेपाली जनतालाई। यस्तो ठान्ने यी बेकुब छन् भन्ने ठान्ने आज पनि राणा शासन गएको छैन कि भन्ने भान अहिले पनि उहाँमा रहेछ जस्तो मलाई लाग्यो। यो राणा राशन होइन। यो लोकतन्त्रको युग हो तपाईंको गोजीको पैसा होइन। कृपया प्रधानमन्त्री पत्नीज्यू यो पैसा नेपाली जनताले कर तिरेर ढुकुटीमा जम्मा गरेको पैसा हो। यसमा सबैको हिसाबकिता हुन्छ। पाइपाइ हिसाबकिताब हुन्छ। सबैले समानाको आधारमा पाउँछन्।”

उनले नेपाली जनतालाई भने , “नेपाली जनताहरू अहिले पनि यस्ता कुरा पत्याउँछन् नठान्नु होला।” आफूलाई यस्ता कुरा २०४८ सालको जस्तो लागेको उनले बताए। एमालेबाट भरतपुर महानगरपालिकामा उम्मेदवार विजय सुवेदीको जित सुनिश्चित भएको पनि उनले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved