निमावि तहमा २० हजार ९ सय बढी उत्तीर्ण

नेपालभ्युज

निमावि तहमा २० हजार ९ सय बढी उत्तीर्ण

काठमाडौं। शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदको नतिजा सार्वजनिक भएको छ।

आयोगले गत १७ चैतमा २ हजार ५९८ रिक्त पदको लागि निम्न माध्यमिक तहको शिक्षक पदको सामान्य परीक्षाको नतिजा सार्वजनिक गरेको हो। ७६ हजार ८०६ सहभागी परीक्षार्थी मध्ये २० हजार ९८२ जनाको नाम निकालेको आयोगले जनाएको छ।

आयोगले नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले ३ जेठसम्म कार्यलय समयभित्र आयोगले तोकेको कागजातसहित आवेदन दिन सकिने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved