‘गठबन्धनको खड्को ३० वैशाखमा, १७ असारमा के हुँदैछ ज्योतिषलाई सोध्नुस्’

नेपालभ्युज

‘गठबन्धनको खड्को ३० वैशाखमा, १७ असारमा के हुँदैछ ज्योतिषलाई सोध्नुस्’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई आगामी ३० वैशाखमा ठूलो संकट आउने दाबी गरेका छन्। आज पार्टी कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा उनले ३० वैशाखमा गठबन्धनका लागि ठूलो खड्को भएको बताए।

‘‘ज्योतिषीहरूको भनाइमा गठबन्धनका लागि सबभन्दा ठूलो खड्गो त यही वैशाख ३० नै हो। यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ,’’ उनले भने, ‘‘यो वैशाख ३० मा त उहाँहरूलाई हुनसम्म हुन्छ क्या १ ढाडै भाँचिने गरी।’’

उनले १७ असारमा गठबन्धन टुट्ने बताएका छन्। यसअघि एमाले विराटनगर महानगर कमिटीले शनिबार आयोजना गरेको चुनावी सभामा उनले १७ असारमा गठबन्धन टुट्ने बताएका थिए। यसै विषयमा पत्रकारले राखेको चासोमा उनले १७ असारपछि गठबन्धन टुट्छ भनेर आफूले नभएर ज्योतिषहरूले भनेको बताए। ‘असार १७, स्पष्ट भएन नि ‘ भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘ज्योतिषिहरूलाई सोध्नुस् न। उनीहरूले स्पष्ट पार्छन् के, यो मैले भनेको होइन।”

ज्योतिषहरूले यस्तो बताएको भन्दै उनले आफू पनि ज्योतिषी हो कि भनेर भ्रम नपाल्न आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved