जबरजस्तीकरणी अभियोगमा सहचालक पक्राउ, घाइते चालकको मृत्यु

नेपालभ्युज

जबरजस्तीकरणी अभियोगमा सहचालक पक्राउ, घाइते चालकको मृत्यु
सांकेतिक तस्वीर

ईलाम। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय सहचालक पक्राउ परेका छन्।

काठमाडौंबाट बा५ख ५९८२ नम्बरको गाडीमा ईलाम गएकी किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही गाडीका सहचालक पक्राउ परेका हुन्।

नुवाकोट बेलकोटगढी नगरपालिका–१३ बस्ने ती किशोर घटनापछि फरार थिए। उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार वैशाख २० गते राति इलाम नगरपालिका–७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरीले बुवालाई फोन गरी लिन बोलाएकि थिइन्। उनी एक्लाे भएकाे माैका पारी सहचालकले जबरजस्ती करणी गरेकाे प्रहरीले जनाएकाे छ।

घटनाको विषयलाई लिएर पीडित किशोरीको बुवाले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही गाडीका चालक नुवाकोट तारेकेश्वर गाउँपालिका-२ वगुवा बस्ने ३४ वर्षीय दिपक ढुंगानाको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ।

कुटपिट गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved