अमेरिकामा अस्पताल भर्ना हुने कोरोना संक्रमित बढे

नेपालभ्युज

अमेरिकामा अस्पताल भर्ना हुने कोरोना संक्रमित बढे

वासिङ्टन। संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरूको संख्या बढ्न थालेको पाइएको छ।

यहाँका स्वास्थ्य अधिकारीहरूले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका छन्।

पछिल्ला केही हप्ताहरूमा अमेरिकाका नागरिकहरू कोरोना संक्रमण भएपछि अस्पताल भर्ना हुन जाने बढेका अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले जनाएको छ। सो पत्रिकाले बिहीबार मात्र यहाँका अस्पतालमा कोरोना जन्य जटिलताका कारण भर्ना हुन गएका नागरिकको संख्या १८ हजार जना रहेको थियो। यो संख्या अमेरिकाका सबै अस्पतालको हो। तर यो संख्या अघिल्लो हप्ताको तुलनामा २० प्रतिशतले बढी भएको पनि सो पत्रिकाले जनाएको ।

यहाँ गएको दुई हप्ता अघिको तुलनामा संक्रमितको संख्या पनि बढेको पाइएको सो पत्रिकाले जनाएको छ। कोरोनाका संक्रमित गएको बिहीबार मात्र यहाँ ६८ हजार जना भेटिएका थिए। यो संख्या अघिल्लो हप्ताको तुलनामा ६० प्रतिशतले बढी हो।

एजेन्सी 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved