अब शुक्रबार पनि नियमित शेयर कारोबार

नेप्सेमा अहिले आइतबारदेखि बिहीबारसम्म सातामा पाँच दिन मात्रै नियमित कारोबार हुँदै आएको छ।

नेपालभ्युज

अब शुक्रबार पनि नियमित शेयर कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अबदेखि शुक्रबार पनि नियमित कारोबार हुने भएको छ।

यसअघि, शुक्रबार अड लटको मात्र कारोबार हुँदै आएकोमा अबदेखि भने नियमित कारोबार हुने भएको हो।

नेप्सेमा अहिले आइतबारदेखि बिहीबारसम्म सातामा पाँच दिन मात्रै नियमित कारोबार हुँदै आएको छ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूँजी बजार सम्मेलनमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले अब शुक्रबार पनि नियमित शेयर कारोबार हुने बताएका हुन्।

हमालले सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेसँगै शेयर कारोबार सातामा चार दिन मात्रै हुने भएपछि शुक्रबार पनि नियमित कारोबार गर्ने व्यवस्था गरिएको बताए।

शुक्रबार नियमित कारोबार हुने भएसँगै अब दुई सार्वजनिक बिदा भए पनि सातामा पाँच दिन नै शेयर कारोबार हुने भएको छ।

पेट्रोलियम पदार्थको खपत घटाउने भन्दै सरकारले १ जेठदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved