डोटी । डोटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। आदर्श गाउँपालिकाबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको से१ज ७८५ नम्बरको जीप दुर्घटना भएको हो।
दिपायल सिलगढी नगरपालिका-१ तिखाको माथिल्लो मोड खार खोलामा शनिबार साँझ टिपरलाई साइड दिने क्रममा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जीप दुर्घटनामा दिपायल सिलगढी नगरपालिका वडानम्वर ४ का ३५ वर्षीय चालक रमेश दास सामान्य घाइते भएका छन् भने जीपमा सवार आदर्श गाउँपालिका वडानम्बर २ भाडीकोटका २४ वर्षीय डिल बहादुर थापा गम्भीर घाइते भएका छन्।
घाइते दुवै जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रूप सिंह थापाले जानकारी दिए। जीप सडकबाट करिब तीनसय मिटर तल खसेको छ। जीपमा पूर्ण रूपले क्षति पुगेको छ।
Facebook Comment
Comment