ओलीको हातमा सत्ता जानु मकैबारीमा बाँदर कुरुवा राखे जस्तो : जसपा नेता श्रेष्ठ

नेपालभ्युज

ओलीको हातमा सत्ता जानु मकैबारीमा बाँदर कुरुवा राखे जस्तो : जसपा नेता श्रेष्ठ

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठले नेकपा एमाले अध्यक्ष केपी ओलीको हातमा सत्ता जानु मकैबारीमा बाँदरलाई कुरुवा राखे जस्तै भएको टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पाँचदलीय गठबन्धनको चुनावी सभामा नेता श्रेष्ठले एमाले अध्यक्ष ओलीको पार्टीलाई बहुमत दिएर सरकार सञ्चालन गर्न दिए पनि मकैबारीमा बाँदरलाई कुरुवा राखेजस्तै भएको बताए।

ओलीले संविधान र लोकतन्त्र खाएर देशलाई प्रतिगमनतिर लगेको उनको भनाइ थियो। उनले फेरि पनि प्रतिगमन हुनसक्ने भन्दै गठबन्धनको एकतामा जोड दिए। ‘‘केपी ओली आयो भनेर ल अब यसले लोकतन्त्र बचाउँला भनेर उसलाई दाना ख्वाएको थियो, अब यसले संघीयतालाई राम्रो ढंगले कार्यान्वयन गर्ला भनेर उसलाई घाँस ख्वाइरहेको छ,” उनले भने, उनले भने, ‘‘यसले गणतन्त्रको संस्थागत विकास गर्ला भनेर गरिरहेको छ। तर बेत लाग्ने गाइ भएको भए पो ब्याउँछ ? थारो गाई पर्‍यो व्याउँदै ब्याएन। अनि थारो गाईलाई दान दिएर लोकतन्त्र बच्छ त अब केपी ओलीबाट?”

उहाँले गठबन्धनले संघीयतालाई कार्यान्वयन गर्दै देशमा सुशासन ल्याउनुपर्ने बताउनुभयो। तीनै तहको सरकारलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन गठबन्धनले ध्यान दिनुपर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved