वीरेन्द्रनगरमा गठबन्धनकी उम्मेदवार ढकाल चढ्ने गाडीमा आगजनी

आगलागीबाट स्कोर्पियोको टायर र बाहिरी भागमा क्षति भएको छ भने मिनिबसको सिसा र भित्र सिटहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख एसपी पदमबहादुर विष्टले बताए।

वीरेन्द्रनगरमा गठबन्धनकी उम्मेदवार ढकाल चढ्ने गाडीमा आगजनी

सुर्खेत। वीरेन्द्रनगर नगरपालिका उपप्रमुख शान्ति ढकाल चढ्ने गाडीमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको छ।

कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रहेकी ढकाल चढ्ने बा १४ च ६८३१ नम्बरको स्कोरपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो।

वीरेन्द्रनगर नगरपालिका–६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटल अगाडि पार्किङ गरी राखेको गाडीमा आगजनी भएको हो।

त्यस्तै, जुम्ला रोडस्थित सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२-००१ ख ००६१ नम्बरको मिनिबसमा पनि शुक्रबार राति आगजनी भएको छ। मिनि बस एमालेको चुनाव प्रसारप्रचारमा प्रयोग हुँदै आएको थियो।

आगलागीबाट स्कोर्पियोको टायर र बाहिरी भागमा क्षति भएको छ भने मिनिबसको सिसा र भित्र सिटहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख एसपी पदमबहादुर विष्टले बताए।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको एपी बिष्टले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved