संविधान बचाउन गठबन्धन : श्रममन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान रक्षाका लागि सदैव लड्दै आएका दलहरू गठबन्धन गरेर चुनावमा गएकाले गठबन्धनप्रति प्रतिबद्ध रहन आग्रह गरे।

नेपालभ्युज

संविधान बचाउन गठबन्धन : श्रममन्त्री श्रेष्ठ

दमौली। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरिएको बताएका छन्।

तनहुँको भिमाद नगरपालिका–२ मा सत्ता गठबन्धनले शुक्रबार राति आयोजना गरेको सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान रक्षाका लागि सदैव लड्दै आएका दलहरू गठबन्धन गरेर चुनावमा गएकाले गठबन्धनप्रति प्रतिबद्ध रहन आग्रह गरे।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री श्रेष्ठले आफूहरूलाई कमजोर नठान्न आग्रह गर्दै भने, “हामी गठबन्धनप्रति प्रतिबद्ध छौँ, तर हामीलाई कमजोर ठानिएको छ।” मन्त्री श्रेष्ठले समृद्ध भिमाद नगरपालिका निर्माणका लागि गठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने धारणा राखे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved