माधव नेपालको आरोप : ओलीको गठबन्धन प्रतिगामी दक्षिणपन्थी हो

नेपालभ्युज

माधव नेपालको आरोप : ओलीको गठबन्धन प्रतिगामी दक्षिणपन्थी हो
फाइल तस्वीर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले) ले गरेको चुनावी गठबन्धन प्रतिगामी र दक्षिणपन्थी भएको आरोप लगाएका छन्।

सत्ता गठबन्धनले गरेको आज काठमाडौंमा गरेको स्थानीय तहलक्षित चुनावी सभामा उनले भने, “अहिले देशमा दुई वटा गठबन्धन छ। एउटा वाम लोकतान्त्रिक छ। अर्को भनेको प्रतिगामी दक्षिणपन्थी गठबन्धन छ। जसको नेतृत्व ओ‌लीले गरेका छन्। जसमा राजवादी शक्तिहरू छन्।”

कहीँ नभएको जात्रा केपी ओलीको पालामा भएको भन्दै त्यस्तो जात्रा देखाउनेलाई बिर्सेर पनि मत दिन नहुने उनले बताए। गठबन्धन पवित्र उद्देश्यले राखेर बनाइएको भन्दै भ्रष्टाचारलाई निमट्याउन्न पार्नुपर्ने पनि उनले बताए।

उनले भने, “हामी त्यसै ठाउँमा बेला भएका छौँ, जहाँ हामीले प्रतिगमनका विरुद्ध सडक आन्दोलन गरेका थियौँ। दिल्लीमा हामी तीन जना बसेर प्रतिगमनविरुद्ध बाह्र बुँदे सहमति गरेका थियौँ। कांग्रेसबाट गिरिजाप्रसाद कोइराला, माओवादीबाट पुष्पकमल दाहाल र तत्कालिन एमालेबाट मैले। हामीले गरेको सहमतीबाट नै हामीले राजतन्त्रको प्रतिगमन विरुद्ध जित हाँसिल गरेका थियौँ। हामीले गणतन्त्र ल्यायौँ, संविधान निर्माण गर्यौँ र संघीयता कार्यान्वय गर्यौँ। इतिहासका सबै निर्णायक मोडमा कांग्रेस र नेपालका कम्युनिष्ट पार्टी सँगसँगै अगाडी बढेका छन्। एकता भनेको शक्ति हो। गठबन्धन आवश्यक छ कि छैन भन्ने बहस चलेको छ। कसैलाई एक्लै विजयी हुन्छौँ जस्तो लागेको हुनसक्छ तर हामीलाई गठबन्धनको आवश्यकता छ। २०४८ पछि नेपालमा बहुमतको सरकार केही मात्रै बनेका छन् अरु समयमा गठबन्धन सरकार बनेका छन्। देशमा अहिले दुईओटा गठबन्धन छ अब जनतालाई कुन गठबन्धन रोज्ने भन्ने समय आएको छ। दक्षिणपन्थी गठबन्धनको एमालेले गरेको छन् भने लोकतान्त्रिक बाम गठबन्धनको नेतृत्व हामीले गरेका छौँ। दक्षिणपन्थी गठबन्धन संविधान विरोधी छन्। आजसम्म प्राप्त भएका उपलब्धि जोगाउने पक्ष हामीसँग छन्। हामीसँग धर्मनिरपेक्षताको पक्षमा छ। हामी प्रगतिशील गठबन्धन हो।”

अहिलेसम्म प्राप्त उपलिब्धलाई जोगाउन पाँचदलीय गठबन्धनको आवश्यकता भएको उनले बताए। प्रतिगामी पक्षमा भोट हाल्दा भविष्यमा पछुताउनुपर्ने उनले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved