रामचन्द्र पौडेलले भने, ‘ओलीले गर्नुभएको गठबन्धनको अनुहार पनि हेर्नुहोस्’

नेपालभ्युज

रामचन्द्र पौडेलले भने, ‘ओलीले गर्नुभएको गठबन्धनको अनुहार पनि हेर्नुहोस्’
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देश विकास गर्न राजनीति स्थायित्व अपरिहार्य भएको बताएका छन्।

सत्ता गठबन्धनले गरेको आज काठमाडौंमा गरेको स्थानीय तहलक्षित चुनावी सभामा उनले देश विकासका लागि आफूहरूले गठबन्धन गरेको बताए। तर आफूहरूविरुद्ध अनेक शंका गरिएको भन्दै गुनासो गरे।

उनले नेकपा एमाले अध्यक्ष केपी ओलीले यो गठबन्धनको खिलाफमा गठबन्धन गरेको पनि बताए। भने, केपी ओलीले पनि गठबन्धन गरेका छन्, तिनको अनुहार पनि हेर्नुहोस्। लोकतन्त्र रक्षा गर्न र राजनीतिक स्थायित्व दिन नेपालले विकास गर्न सकेको छैन। स्थायित्व नपाउँदा मेरो मनमा यो गुञ्जिरहेको छ। यो देशले विकास गर्न पाएको छैन। हामी आफैंले राजनीतिक स्थिरता कायम गरेर मात्र देश बनाउन सक्छौं।”

उनले भने, ” कृष्णप्रसाद भट्टराईको सपना बल्ल सकार हुँदैछ। मेलम्चीको पानी काठमाडौं आएको छ। काठमाडौं महानगरपालिकाका जनताले कर तिरे जस्तो सुविधा पाएका छैनन्। पश्चिमा नो ट्राक्स विथआउट रिप्रजेन्टेशन भन्ने नारा लाग्यो। हाम्रोमा कर तिर्ने जनताले सुविधा पाएका छैनन्।”

काठमाडौंको स्वच्छ वातावरण र सुशासनका लागि काठमाडौंका मेयर उपमेयरले प्रतिबद्धता जाहेर गरेका भन्दै यस्तो हुन सके काठमाडौंका जनताले सुविधा पाउने बताए। भने,  “कृष्णप्रसाद भट्टराईका पालामा जग्गा किनेर भए पनि पार्क बनाइएको थियो, अहिले काठमाडौंमा स्वास फेर्न ठाउँ छैन, घरैघरको शहर भएको छ।”

काठमाडौंको फोहरको समस्याको स्थायी समाधानका लागि आगामी महानगरपालिकाको नेतृत्वले काम गर्न उनले सुझाए। “युवाहरुलाई खेल्ने ठाउँ बनाउन अब आउने महानगरपालिकाका प्रतिनिधिले बनाउन आवश्यक छ,” उनले भने।

“नेपालले स्थायित्वको अवसर किन नपाउने?”, उनले सोधे, “हाम्रो देशमा केही समय राजनीतिक स्थायित्व प्राप्त गरेको खण्डमा देशको विकास हुन्छ। अर्कालाई दोष दिनुभन्दा म आफूलाई दोष दिन्छु। राजनीतिक स्थिरता कायम गर्न हामीले सकेनौँ, यो देशले राजनीतिक स्थायित्व आवश्यक छ।

एमाले अध्यक्ष ओलीतर्फ लक्षित गर्दै उने ओलीले स्थायित्व र सुशासनमाथि प्रहार गरेका बताए। “ओलीलाई बलियो बनाउन गठबन्धनलाई कम्जोर बनाउने प्रयास भएका छन्। यो गठबन्धनलाई कम्जोर बनाउने भनेको अस्थिरतालाई बलियो बनाउने हो। बाहिर राष्ट्रवादको खोल ओडेर भित्रभित्र लम्पसार पर्ने काम भएको छ। लोकतन्त्रको आवश्यकता हो गठबन्धन,” उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved