नेता मधु अधिकारीले छाडे राप्रपा

नेपालभ्युज

नेता मधु अधिकारीले छाडे राप्रपा

हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वकेन्द्रीय सदस्य मधु अधिकारीले पार्टी परित्याग गरेका छन्।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टीभित्र बेथिति भित्रिएको भन्दै अधिकारीले पार्टी परित्याग गरेका हुन्। आज एक विज्ञप्ति जारी गर्दै उनले राप्रपा परित्याग गरेको घोषणा गरेका छन्।

उनले पछिल्लो समयमा राप्रपामा सामन्ती प्रवृत्ति हाबी भएको भन्दै राप्रपाबाट अलगिएको जनाएका छन्। अधिकारी हेटौंडा उपमहानगरपालिकाको मेयरका आकाक्षि थिए तर उनलाई अन्तिम समयमा आएर पार्टीले पन्छाउंदै दीपक सिंहलाई मेयरको उम्मेदवार बनाएको छ।

सिंहलाई उम्मेदवार बनाएपछि अधिकारी रुस्ट भएका थिए। अधिकारीले ३२ वर्ष राप्रपामा सक्रिय भएर काम गरेको तर पछिल्लो समय कामको मूल्याङ्कन नभएकाले पार्टी परित्याग गरेको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved