चित्रबहादुरको गुनासो : हामीलाई गठबन्धनमा फर्किँदा बिक्यो भने

नेपालभ्युज

चित्रबहादुरको गुनासो : हामीलाई गठबन्धनमा फर्किँदा बिक्यो भने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गठबन्धन भनेको मिलेको कुरामा सहकार्य गर्ने कुरा भएको बताएका छन्।

सत्ता गठबन्धनले गरेको आज काठमाडौंमा गरेको स्थानीय तहलक्षित चुनावी सभामा उनले एमसीसीमा आफ्नो दल बिकेको भन्नेहरूलाई प्रतिगमनकारी भएको आरोप लगाए।

उनले भने, “साथीहरूले एमसीसी पास गर्नुभो, राष्ट्रिय जनमोर्चाले मान्दै मानेन। नमान्ने अधिकार छ नि हामीलाई। एमसीसीमा चै सामेल नहुने फेरि गठबन्धनमा बिक्यो, सक्यो। चित्रबहादुरको टाउकोमा रूखसमेत लाएर प्रचार गरिराख्या छन्। ती प्रतिगामीका मतियारहरू हुन्। चित्रबहादुर तपाईंको चैनि गरिजाबाबुसँग पनि गठबन्धन गरेर हिँडेको छ। भट्टराईसँग पनि हिँड्या छ। गणेशमानजीसँग हिँड्या छ। पछिल्लो पटक रामचन्द्र जी शेरबहादुरजीसँग हिँड्या छ। राष्ट्रिय जनमोर्चा हिँडिराख्या छ त। त्यो सँगै चै कार्यगत एकता गर्नु भनेको सबै कुरा स्विकारेर हो ?

उनले आफू १ बजे कार्यक्रम हुने भनेर आए पनि ३ बजे मात्र शुरु भएको प्रति चिन्ता व्यक्त गरे।

वर्तमान गठबन्धन हुनुपर्छ भनेर आफूले चार/पाँच वर्षअघि नै भनेको सभामा उनले सुनाए। भने, “यो गठबन्धन शुरु हुनुपर्छ भनेर चार वर्षपहिला, यहाँ वामपन्थीहरूको गठबन्धन भयो। मलाई बालुवाटारमा बोलाए। बागलुङ, अर्घाखाँची कहाँ कहाँ जित्ने भनेर नेपाली कांग्रेसका नेताहरूसँग लामो कुरा गरें। मैले वाम गठबन्धनमै जाने भनें। पछि वामपन्थीहरूको गठबन्धन भयो। नेपाली जनताले झण्डै दुई तिहाइ दिए। हाम्रो समर्थन खेर गयो।”

तत्कालीन केपी ओली सरकारप्रति लक्षित गर्दै केसीले भने, “त्यति गरेर बनेको संसद देख्नै नहुने। धर्मनिरपेक्षता र गणतन्त्र सिद्धिने, संसद् विघटन गरेपछि हामीले तत्कालै भन्यौं- यो प्रतिगमन हो। संविधानमा त्यस्तो छैन। मैले त्यतिबेलै प्रतिगमनविरुद्ध जाने भनें।”

“अहिले पनि नानाथरीको आरोप लगाएर विरोध गरेर हिँडिराखेका छन्,” उनले भने, “यही व्यवस्था ल्याएर पनि हाम्रा समस्या समाधान भएन। हामीले यति समयसम्म काठमाडौंका फोहोरका समस्या तह लाउन सकेका छैनौं। जुन बेलामा बढी गर्मी हुन्छ। यहाँ १०-१५ दिन फोहोर थुप्रिन्छ। मुखाले त बड्का दूध पर्दैन नि। त्यै भएर हामीलाई समस्या यै बहुदलीय व्यवस्था जोगाउने कुरा हो।”

गठबन्धन भनेको भिन्न मत भएर पनि मिलेको कुरामा सहकार्य गर्ने भएको उनले बताए।  सबैसँग कार्यगत एकता गर्ने भनेको सबै स्विकार्ने हो ? मन मिलेकोमा गर्ने हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved