मैले पनि पुलिसको लठ्ठी खाएको छु, हनुमानढोकाको चिसो खाएको छु : सिर्जना सिंह

नेपालभ्युज

मैले पनि पुलिसको लठ्ठी खाएको छु, हनुमानढोकाको चिसो खाएको छु : सिर्जना सिंह

काठमाडौं। सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकामा उम्मेदवारी दिएकी सिर्जना सिंहले आफूले पनि हनुमान ढोकाको चिसो खाएको बताएकी छन्। प्रजातन्त्र प्राप्तिका लागि पुलिसको लठ्ठी खाएको र हनुमानढोकाको चिसोमा पटकपटक बताएको उनले बताइन्।

सत्ता गठबन्धनले आज काठमाडौंमा गरेको स्थानीय निर्वाचनलक्षित चुनावी सभामा उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध भएको बताइन्।

उनले त्यहाँ गरेको भाषणको अंश

म जसरी उम्मेदवारका रूपमा अगाडि बढें साथ सहयोग पाएँ। अहिले हामीले जितिसक्यौं। सबै दिदीबहिनीहरूलाई भन्न चाहन्छु। सबै महिला आन्दोलनका लागि यो गौरवपूर्व समय हो। यसमा म सधैं अगाडि बढ्नेछु। सबैलाई रोजगारी दिन अगाडि बढ्नेछु। महानगरभित्र सुशासन ल्याउनेछु। मेयर भएर गइसकेपछि भ्रष्टारचामुक्त बनाउने प्रमुख दायित्य छ। डिजिटल समय भएकाले घरमै सेवा दिनेछु। काठमाडौं हेर्नुहोस् फोहोर ट्राफिक जाम छ। यसमा मेरो प्रमुख ध्यान जानेछ। बाटोघाटो र सडकहरू स्थानीय दायित्वमा पर्छ। सडक विभागसँग समन्वय गर्छु। ट्राफिक समयसूची मिलाएर ट्राफिकको व्यवस्थापन गर्छु। देशको राजधानी भन्छौं। सबै ठाउँमा टोलमा बत्ती र सीसीक्यामेरा राख्छु। बसहरू सुचारु रूपले चलाको चल्यै गरेर यात्रुहरूलाई सुविधा दिन्छु। महानगरमा बस्ने सबैलाई सामाजिक सुरक्षा व्यवस्था गर्छु। महिला दिदीबहिनीहरूलाई सीपमूलक तालिम दिनेछु। उहाँहरूलाई विशेष भत्ता प्याकेज ल्याउनेछु। 

उनले विदुर पुरुषहरूका लागि विशेष भत्ता ल्याउने पनि बताइन्। ३२ वटै वडामा कोशेली घर बनाएर महिला दिदीबहिनीको राम्रा उत्पादन विदेशी बजारमा लैजाने पनि उनले बताइन्।

आफू मेयर भएपछि युवाहरूलाई आफूले दिने काम गर्ने बताएकी उनले काठमाडौंमा थुप्रै कलाका सभ्यता भएकाले त्यसलाई उजागर गरेर युवाहरूलाई उद्यमी बनाउने बताइन्। “सबै क्लबहरूलाई परिचालन गरेर युवाहरूलाई खेलकुदप्रति आकर्षण गर्छु। अन्तर्राष्ट्रिय स्तरमा देश चिनाउन लागिपर्छु। प्रत्येक वडामा ज्येष्ठ नागरिक भवन बनाउनेछु र उहाँहरूलाई राम्रोसँग राख्छु।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved