आईएमई पे र गोल्डस्टारबीच सम्झौता

सम्झौतापत्रमा आईएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र गोल्डस्टारको तर्फबाट ई-वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन्।

नेपालभ्युज

आईएमई पे र गोल्डस्टारबीच सम्झौता

काठमाडौं। आईएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत सञ्चालित ‘आईएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ।

सम्झौताअनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिस गोल्डस्टार जुत्ताहरूको खरीदमा अब आईएमई पेमार्फत भुक्तानी गर्दा ३०% देखि ३०० रुपैयाँसम्मको छुटको व्यवस्था मिलाइएको छ।

सम्झौतापत्रमा आईएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र गोल्डस्टारको तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन्।

शुक्रबारदेखि शुरु हुने यो सीमित समयको अफर हो, जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा ध्भद ऋजभअपयगत मा ३०% देखि ३०० सम्मको छुट रहेको छ। गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा क्ःब्च्त् त्तच् मार्फत पनि भुक्तानी गर्न सकिनेछ।

उक्त योजनाको बारेमा बोल्दै आईएमई पेका सहायक महाप्रबन्धक बस्नेतले आईएमई पे र गोल्डस्टारबीचको सम्झौताले निकै उत्साहित भएको र सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरीद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिने कुरामा विश्वस्त रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved