‘षट्कोण’ र ‘लक्का जवान’ प्रदर्शनमा

शुक्रबारबाट दुईवटा नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्। केही साताअघिसम्म हप्तामा एउटा पनि नेपाली चलचित्र रिलिज हुँदैनथ्यो। तर, अहिले कोरोना घटेकै कारण दुईवटासम्म चलचित्र एउटै मितिमा जुधेको हल सञ्चालकहरू बताउँछन्।

नेपालभ्युज

‘षट्कोण’ र ‘लक्का जवान’ प्रदर्शनमा

काठमाडौं। शुक्रबारबाट दुईवटा नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्। केही साताअघिसम्म हप्तामा एउटा पनि नेपाली चलचित्र रिलिज हुँदैनथ्यो। तर, अहिले कोरोना घटेकै कारण दुईवटासम्म चलचित्र एउटै मितिमा जुधेको हल सञ्चालकहरू बताउँछन्।

शुक्रबारबाट रिलिज हुने चलचित्र ‘षट्कोण’ मुलुकका ६ दर्जनभन्दा बढी सिनेमा हलबाट आउँदै छ। यो चलचित्रलाई मिलन डि काप्रीले निर्देशन गरेको हुन्। ‘साइको थ्रिलर’ जनरामा निर्माण भएको यो चलचित्र अहिलेको सिनेमाभन्दा केही फरक कथामा आफूले तयार गरेको निर्देशक काप्रीले बताएका छन्।

६ जना पात्रको आआफ्नै किसिमको भूमिका भएको र अपराध कथामा फिल्म केन्द्रित भएकाले यो चलचित्रको नाम ‘षट्कोण’ राखिएको पनि निर्माण पक्षको कथन छ। यो चलचित्रमा कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामालगायतको मुख्य भूमिका छ।

शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन्। सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीको सम्पादन छ।

यस्तै, दीलिप रायमाझी, प्रियंका कार्की, वर्ष सिवाकोटी, सलोन बस्नेत, शिवहरि पौडेल, किरण केसीसहित विभिन्न कलाकारको मुख्य भूमिका रहेको चलचित्र ‘लक्का जवान’ शुक्रबारबाट मुलुका १ सय १८ वटा सिनेमा हलमा आएको छ। यो चलचित्र हास्यप्रधान रहेको यसका निर्माता एवं अभिनेता किरण केसीले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved