३७ अंकले घट्यो नेप्से

नेपालभ्युज

काठमाडौं। साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकले घटेको छ।

पछिल्लो एक सातादेखि निरन्तर घट्दै आएको नेप्स एक सातामा एक सय ३७ दशमलव ५२ अंकले घटेको छ। बिहीबार नेप्से ३७ दशमलव ०६ अंकले घटेर दुई हजार २३८ दशमलव ६२ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४ दशमलव ३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २ दशमलव ६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ८७ अंकले घटेको छ।

बिहीबार कारोबारमा आएका २३२ कम्पनीको ४६ लाख ७४ हजार कित्ता शेयर १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार रुपैयाँ बराबरको खरीदबिक्री भएको छ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ। जसमध्ये विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले गिरावट आएको छ। बैंकिङ्ग, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

कारोबारमा आएका २३२ कम्पनीमध्ये ८ कम्पनीको शेयर मूल्य बढेको छ। जसमा यस दिन जाल्पा लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यता मैलुङ्ग खोला जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

कारोबार रकमका आधारमा ८ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरीदबिक्री गरेर सूर्या लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। एनआईसी एशिया बैंकको ६ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved