आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश, चुनावपछि सुनुवाइ हुने

अन्तरिम आदेश नआएसँगै नवनियुक्त महानिरीक्षक सिंहलाई प्रहरी प्रमुखको रुपमा काम गर्ने बाटो खुलेको छ।

नेपालभ्युज

आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश, चुनावपछि सुनुवाइ हुने
फाइल फाेटाे

काठमाडौं। आईजीपी नियुक्तिसम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएसँगै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई काम गर्ने बाटो खुलेको छ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले आईजीपी नियुक्ति खाजेको माग गर्दै रिट दिएका एआईजी विश्वराज पोखरेलको पक्षमा अन्तरिम आदेश नदिएको हो। इजलासले कारण देखाउ आदेश मात्रै दिएको छ।

अन्तरिम आदेश नआएसँगै नवनियुक्त महानिरीक्षक सिंहलाई प्रहरी प्रमुखको रुपमा काम गर्ने बाटो खुलेको छ।

वरिष्ठता मिचेर आफूभन्दा कनिष्ठ व्यक्तिलाई सरकारले आईजीपी बनाएको भन्दै पोखरेलले उत्तः नियुत्तिः खारेज गरी आफूलाई आईजीपी बनाउनुपर्ने मागसहित रिट हालेका थिए।

तर न्यायाधीश माथेमाको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश मात्रै दिएको हो। उक्त मुद्दामाथि अब १७ जेठमा पूर्ण सुनुवाइ हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved