ग्लोबल आईएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

नेपालभ्युज

ग्लोबल आईएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सौर्य मिनी ग्रिड परियोजना निर्माणका लागि सम्झौता भएको छ।

सम्झौताअनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नेपाल सरकारसँग गरेको निजी क्षेत्रको नेतृत्वमा मिनि-ग्रिड ऊर्जा पहुँच परियोजना सम्बन्धमा सम्पन्न भएको सहायक ऋण सम्झौता बमोजिम आयोजना कार्यान्वयनको लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउने छ र उक्त रकम ग्लोबल आइएमई बैंकले १०० किलोवाट सौर्य मिनी ग्रिड परियोजना निर्माण/जडान तथा विद्युत वितरण कार्यको लागि ऋणको रूपमा उपलब्ध गराउने छ।

बुधबार उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा। मधुसुधन अधिकारीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved