चितवनका कांग्रेसी प्रचण्डप्रति सशंकित, ‘जय नेपाल’ भनेर रेनुले थालिन् भाषण

भरतपुर महानगरमा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार रेनु दाहालले आफ्नो मन्तव्यको शुरुआतमै ‘जय नेपाल’ भनिन्।

नेपालभ्युज

चितवनका कांग्रेसी प्रचण्डप्रति सशंकित, ‘जय नेपाल’ भनेर रेनुले थालिन् भाषण

काठमाडौं। सत्ता गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको चुनावी सभामा नेपाली कांग्रेसका स्थानीय नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति शंका व्यक्त गरेका छन्।

चुनाी सभाको शुरुआतमा बोल्ने वक्ताहरुले अघिल्लो स्थानीय चुनावमा पनि कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेनु दाहाललाई मेयर जिताएपछि प्रचण्डले नेकपा एमालेसँग गठबन्धन गरेर कांग्रेसको विरुद्धमा लागेको स्मरण गर्दै शंका व्यक्त गरेका हुन्।

सभामा चितवन कांग्रेसका पूर्वसभापति जितनारायण श्रेष्ठले यसपटक पनि कांग्रेसले रेनुलाई जिताउने भन्दै अघिल्लोपटक जसरी धोका नदिनका लागि प्रचण्डलाई आग्रह गरे। उनले आफ्ना सभापति सोझो भएको र बोलेको पूरा गर्ने व्यक्ति भएको भन्दै प्रचण्डको नाम नै लिएर धोका नदिन आग्रह गरे।

उनपछि कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले पनि प्रचण्डको पुरानो धोका सम्झँदै पाँच वर्षका लागि जितेपछि एमालेसँग मिलेको नबिर्सिएको बताए। उनले यसपटक त्यसरी धोका नहुने र गठबन्धन नभत्किने ग्यारेन्टी हुनुपर्ने बताए।

भरतपुर महानगरमा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार रेनु दाहालले आफ्नो मन्तव्यको शुरुआतमै ‘जय नेपाल’ भनिन्। उनले मञ्चमा रहेका अतिथिहरुको नाम लिएपछि अभिवादन र जय नेपाल भनेकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved