भरतपुर नपुग्दै देउवाविरुद्ध आयोगमा उजुरी

चितवन कांग्रेसले भने देउवा प्रधानमन्त्रीको नभई कांग्रेस सभापतिको हैसियतमा चुनावी सभामा सहभागी हुने जनाएको छ।

नेपालभ्युज

भरतपुर नपुग्दै देउवाविरुद्ध आयोगमा उजुरी

भरतपुर। प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ।

निर्वाचन आचारसंहिताविपरीत देउवा भरतपुरमा चुनावी सभालाई समबोधन गर्न जान लागेको भन्दै उजुरी परेको हो।

देउवाविरुद्ध अधिवक्ता सुनिता अधिकारीले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी दिएकी हुन्। भोलि भरतपुरमा हुने चुनावी सभालाई देउवाले सम्बोधन गर्ने भएसँगै अधिकारीले उजुरी दिएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन अधिकृतको कार्यालयले उजुरीको विषयमा निर्वाचन आयोगलाई जानकारी गराएको जनाएको छ। चितवन कांग्रेसले भने देउवा प्रधानमन्त्रीको नभई कांग्रेस सभापतिको हैसियतमा चुनावी सभामा सहभागी हुने जनाएको छ।

निर्वाचन आचारसंहिता २०७८ को दफा ५ अनुसार निर्वाचनमा नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले आफै उम्मेदवार भएबाहेकको अवस्थामा कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved