आईजीपी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सुनुवाइ भएको उक्त रिटमाथि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा परेको हो।

नेपालभ्युज

आईजीपी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं। धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले हालेको रिट निवेदन हेर्दाहेर्दैमा परेको छ।

सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सुनुवाइ भएको उक्त रिटमाथि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा परेको हो।

एआईजी पोखरेलले आफूभन्दा कनिष्ठ सिंहलाई सरकारले आईजीपी बनाएर अन्याय गरेको भन्दै उक्त निर्णय खारेज गरी आफूलाई नियुक्त गर्ने अन्तरिम आदेश माग गरेर सोमबार रिट दायर गरेका थिए।

सिंहभन्दा पोखरेल १६ महीना अगाडि बढुवा भए पनि एक महीना अगाडि मात्रै एआईजीमा बढुवा भएका सिंहलाई सरकारले आइतबार आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो। सिंहले सोमबार नै दर्ज्यानी चिह्न पाइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved