प्रधानमन्त्री दम्पती नै निर्वाचन आचारसंहिता उल्लंघन गर्न व्यस्त

प्रधानमन्त्री देउवाले विराटनगरमा गठबन्धनका उम्मेदवारलाई भोट मागे भने र आरजु देउवाले डडेल्धुरामा आफ्नो पार्टीका नेतालाई भोट मात्र मागिनन्, अन्य दलका उम्मेदवारलाई भोट नहाल्न आग्रह नै गरिन्।

प्रधानमन्त्री दम्पती नै निर्वाचन आचारसंहिता उल्लंघन गर्न व्यस्त

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आचार संहित मिच्ने क्रम पनि बढ्दै गएको छ। यसरी निर्वाचन आचार संहितको पालना नगर्नेमा सरकारकै मन्त्रीहरू अग्र स्थानमा रहेका छन्।

राष्ट्रिय निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिताको परिच्छेद–३ मा स्पष्ट रुपमा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने उल्लेख गरेको छ। निर्वाचन आयोगले जारी गरेको निर्वाचनसम्बन्धी आचार संहितामा सरकारका मन्त्री निर्वाचन प्रचारमा संलग्न हुन नपाउने बताए पनि सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नै निर्वाचन प्रचारमा सहभागी भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा २१ वैशाख (आज) विटारनगरको चुनावी सभालाई सम्बोधन गर्दै निर्वाचन आयोगको आचारसंहिताको धज्जी उडाए।

विटारनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले मेयर पद पाएको छ। कांग्रेसका तर्फबाट मेयर पदमा नागेश कोइराला प्रतिस्पर्धा गर्दै छन् भने उप-मेयर पदमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवका छोरा अमेन्द्र यादवले प्रतिस्पर्धा गर्दैछन्। उनले गठबन्धनका यी सबै उम्मेदवारलाई पालैपिलो भोट मागे।

विराटनगर महानगरपालिकाको मेयर पद आफूले प्राप्त गर्नुपर्ने दाबी गरे पनि गठबन्धनको भागबण्डामा कांग्रेसले विराटनगर महानगरपालिका पाएको छ। असन्तुष्ट जसपा नेताले गठबन्धनका उम्मेदवारविरुद्ध मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने उपमेयर पदमा नेकपा माओवादी केन्द्रका नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

विराटनगरमा भएको चुनावीसभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा आजै भरतपुर फर्किने कार्यक्रम छ। भरतपुरमा पनि गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेस नेता जगन्नाथ पौडेलले महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन्।

गठबन्धनको निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवार निर्वाचनमा लाग्दा गठबन्धनको नेतृत्व गर्दै आएका प्रधानमन्त्री देउवानिर्वाचन आचारसंहिता नै मिचेर निर्वाचन प्रचार प्रसारमा सहभागी भएका हुन्। भरतपुरको मेयर पदमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेनुले प्रतिस्पर्धा गर्दैछिन् भने गठबन्धनतर्फबाट उपमेयर पदमा कांग्रेसका चित्रसेन अधिकारी प्रतिस्पर्धामा छन्।

निर्वाचन आचारसंहित मिच्ने प्रधानमन्त्री मात्रै भने होइन्। २० वैशाखमा स्वास्थ्यमन्त्री विरोध खतिवडा गठबन्धन पक्षबाट भएको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा हेटौंडा पुगेका थिए। गठबन्धन दलबाट सार्वजनिक हुने निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा संघीय स्वास्थ्यमन्त्रीले मन्त्रालयकै गाडी लगेका थिए।

यस्तै भरतपुरका मेयर पदका स्वतन्त्र उम्मेदवार पौडेलको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर पुगेका थिए। १४ वैशाखमा गृहमन्त्री खाँण भरतपुरका थिए भने १५ वैशाखमा राज्यमन्त्री श्रेष्ठ भरतपुर पुगेका हुन्। पौडेलले आफ्नो उम्मेदवारी फिर्ता नलिने भएपछि निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन तोकेको अन्तिम दिन १६ वैशाखमा खाँण र श्रेष्ठ काठमाडौं फर्किएका थिए।

यता प्रधानमन्त्री पत्नी आरजु देउवा पनि आचारसंहिता उल्लंघन गर्न भरपूर रूपमा लागिपरेकी छन्। उनले आज गृहजिल्ला डडेलधुरा पुगेर आफ्नो पक्षमा भोट माग्ने नभई विपक्षी उम्मेदवारलाई भोट नहाल्नसम्म भनिन्। 

उनले त्यहाँ कर्ण मल्लप्रति लक्षित गर्दै भनिन्, “हाम्रो नाममा राजनीति गर्नेहरू अहिले सुकिलामुकिला भए। करुवासरुवा हरुवालाई भोट नहाल्नुहोला, रूख चिह्नमा मतदान गरी कांग्रेसका उम्मेदवारलाई जिताउनुहोला।”

निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी शाखाका सह-सचिव यज्ञप्रसा भट्टराई भने प्रधानमन्त्रीको विराटनरगर र भरतपुरको यात्राले निर्वाचन आचारसंहिताको उल्लघंन नगर्ने बताउँछन्। देउवा निर्वाचन कार्यक्रममा सहभागी हुनु प्रधानमन्त्रीभन्दा पनि पार्टी सभापतिको हैसियत भएको उनको भनाइ छ।

“निर्वाचन आयोगकै सहमतिमा उहाँ जिल्लाका निर्वाचन कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो,” निर्वाचन आयोगका सह-सचिव भट्टराई भन्छन्, “जिल्लाका निर्वाचन कार्यक्रममा सहभागिताका विषयमा प्रधानमन्त्री कार्यालयले निर्वाचन आयोगको स्वीकृति लिएका कारण यसलाई निर्वाचन आचारसंहिता उल्लघंन भन्न मिल्दैन।”

प्रधानमन्त्री देउवा जिल्लामा आयोजना हुने निर्वाचन कार्यक्रममा सहभागी हुँदा सरकारी सेवा सुविधाको प्रयोग नगर्ने शर्तमा गएको आयोगको दाबी छ। कराण देउवाको जिल्ला भ्रमण निर्वाचन आचारसंहिता विपरित नभएको उनको दाबी छ। यद्यपि, जिल्लामा रहँदा देउवाले सुरकारी सेवा–सुविधाको उपयोग गरेको खण्डमा भने त्यो आचारसंहिता विपरीत हुने आयोगका सहसचिव भट्टराई बताउँछन्।

तर आयोगले निर्वाचन आचारसंहिताविपरीत नहुने गरी कांग्रेस सभापतिलाई जिल्ला भ्रमणमा जाने सहमति मात्र दिएको बताएको छ। प्रधानमन्त्री देउवाले विराटनगरमा दिएको अभिव्यक्तिबारे आयोगलाई जानकारी नभएको भन्दै भट्टराईले जिल्लाको चुनावीसभापमा बोलेकोबारे उजुरी परे आयोगको पदाधिकारीको छलफलपछि निर्णय लिने बताए।

यो पनि पढ्नुहोस् 

भरतपुर नपुग्दै देउवाविरुद्ध आयोगमा उजुरी

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved