असन्तुष्ट कांग्रेस कार्यकर्तालाई फकाउन देउवा आज राति भरतपुर बस्ने

भरतपुरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार छिन्। उनका विरुद्धमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

नेपालभ्युज

असन्तुष्ट कांग्रेस कार्यकर्तालाई फकाउन देउवा आज राति भरतपुर बस्ने
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवनको भरतपुरमा बस्ने भएका छन्। विराटनगरको चुनावी सभालाई सम्बोधन गरेर देउवा सिधै भरतपुुर जाने भएका हुन्।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीका अनुसार देउवा विराटनगरमा सत्ता गठबन्धनका उम्मेदवारको चुनावी सभामा सहभागी भएर चितवन जाने तय भएको हो। उनले आजको रात भरतपुमै बिताउने भण्डारीले जानकारी दिए।

सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरमा मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रको भागमा परेपछि असन्तुष्ट रहेका कांग्रेस कार्यकर्तालाई फकाउनका लागि देउवा आज भरतपुरमै बस्न लागेका हुन्।

भरतपुरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार छिन्। उनका विरुद्धमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

पौडेलको उम्मेदवारी फिर्ता गराउनका लागि गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीसहित सत्ता गठबन्धनका शीर्ष नेताले पहल गरेका थिए। उनलाई प्रधानमन्त्री देउवा, रामचन्द्र पौडेल र प्रचण्डले फोनमार्फत पनि आग्रह गरेका थिए।

कांग्रेसले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र तथा बागी उम्मेदवारी दिएका कांग्रेस नेता कार्यकर्ताका लागि उम्मेदवारी निस्क्रिय बनाएर पार्टीको उम्मेदवारको तर्फमा लाग्ने आज अन्तिम दिन तोकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved