मदनकृष्ण श्रेष्ठ र आँचल शर्माको ‘एउटा सपना छ’ सार्वजनिक (हेर्नुहोस् गीतको भिडिओ)

नेपालभ्युज

मदनकृष्ण श्रेष्ठ र आँचल शर्माको ‘एउटा सपना छ’ सार्वजनिक (हेर्नुहोस् गीतको भिडिओ)

काठमाडौं। वरीष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ।

बुधबार श्रेष्ठको ७२ औँ जन्मजयन्तीको अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो। गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ। गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन्।

गीत बिरामीका कारण स्मरण शक्ति गुमाएका हजुरबुवालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुवाको कथामा गीत समेटिएको छ। सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हुमागाइँले छायांकन र सम्पादन गरेका हुन्।

गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत एउटा सपना छ को लेजेन्डरी भर्सन सार्वजनिक गरेका हुन्। भिडिओ हेरेपछि वरीष्ठ कलाकार श्रेष्ठले आफूलाई हास्य कलाकारभन्दा धेरै गायक भनेको मन पराउने बताए।

त्यस्तै गीत हेरिसकेपछि हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ले मदनकृष्ण श्रेष्ठले हसाउने मात्रै भनेको सुने पनि गीत गाएर रुवाएको बताए। उनले श्रेष्ठको गीत भावुक बनाउने र मर्मस्पर्शी रहेको उल्लेख गरे।

त्यस्तै अभिनेत्री शर्माले भिडिओ र गीत उत्कृष्ट रहेको बताइन्। उनले भिडिओको सम्पादन र गुणस्तर पनि अत्यन्त उत्कृष्ट रहेको बताइन्। कार्यक्रममा उपस्थित कलाकारहरूले वरीष्ठ कलाकार तथा गायक श्रेष्ठलाई ७२ औँ जन्मजयन्तीको शुभकामना व्यक्त गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved