१२ वर्षीयालाई कोठामा बन्धक बनाएर बलात्कार गरेको आरोपमा पक्राउ

नेपालभ्युज

१२ वर्षीयालाई कोठामा बन्धक बनाएर बलात्कार गरेको आरोपमा पक्राउ

जनकपुरधाम। बारामा १२ वर्षीया बालिकाको अपहरण गरी बलात्कार गरेर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका वडा नम्बर ७ बगही टोलका २० वर्षीय अफरोज अन्सारी रहेका प्रहरीले जनाएको छ। बाराको कलैया उपमहानगरपालिकाकी बालिकालाई अन्सारीले १० वैशाखको साँझ साथीको घरमा जाने क्रममा अपहरण गरी एकान्त स्थानमा लगेर बलात्कार गरेका थिए। त्यसपछि ती बालिकालाई अन्सारीले काठमाडौं लगेर आफ्नो कोठामा बन्धक बनाएर राखेका थिए।

यस घटनाबारे प्रहरीमा उजुरी परेपछि बाराबाट खटिएको प्रहरी टोलीले पीडित नाबालिकालाई काठमाडौंबाट उद्धार गरी ल्याएको थियो। फरार अन्सारीलाई भने १७ वैशाखमा पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।

अन्सारीविरुद्ध अपहरण शरीर बन्धक तथा बलात्कार मुद्दामा बारा जिल्ला अदालतबाट ७ सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved