रिभर फल्सले २७ लाख ३० हजार कित्ता आईपीओ ल्याउँदै

नेपालभ्युज

रिभर फल्सले २७ लाख ३० हजार कित्ता आईपीओ ल्याउँदै

काठमाडौं। रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले यही वैशाख २८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो। सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्रीका लागि दरखास्त आह्वान गरेकोे छ।

कम्पनीले कूल २७ लाख ३० हजार कित्ता शेयरमध्ये दुई प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी २५ लाख ३८ हजार ९०० कित्ता शेयर खरीदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीले निष्काशन गर्ने शेयरमा सर्वसाधारणले यही वैशाख २८ गतेदेखि छिटोमा आगामी जेठ ४ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउने छन्। यो समयमा माग बमोजिमआवेदन नआए आगामी जेठ ११ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरीदका लागि आवेदन दिन सक्ने कम्पनीको सार्वनजिक सूचनामा उल्लेख छ।

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित पिलुवा खोलाको पानी प्रयोग गरेर १० दशमलव ३० मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ।

आयोजनाको अनुमानित प्रतिमेगावाट लागत १८ रुपैयाँ करोड ६ लाख १५ हजार रहने जनाइएको छ। कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले ‘केयर एनपी बीबी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ।

यसअघि कम्पनीले आयोजनाबाट असर पर्नसक्ने सङ्खुवासभा जिल्लाबासीका लागि साधारण शेयर निष्काशन र बाँडफाँटसमेत गरिसकेको थियो। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved