हेटौँडामा गठबन्धनको घोषणापत्र सार्वजनिक

घोषणापत्रमा हेटौँडा उपमहानगरपालिका भित्रका नगरबासीलाई मासिक १० हजार लिटर खानेपानी निशुल्क उपलब्ध गराउने उल्लेख गरिएको छ। तर, नेकपा एमालेले पनि यहि बुँदा १५ दिन अगाडि नै घोषणापत्रमा उल्लेख गरिसकेको छ।

हेटौँडामा गठबन्धनको घोषणापत्र सार्वजनिक

हेटौँडा। पाँच दलीय सत्ता गठबन्धनले हेटौँडा उपमहानगरपालिकाको लागि संयुक्त घोषणापत्र सार्वजनिक गरेको छ।

गठबन्धनले मंगलबार एक कार्यक्रमको आयोजना गरि हेटौँडा उपमहानगरपालिकाको लागि २२ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो।

घोषणापत्रमा हेटौँडा उपमहानगरपालिका भित्रका नगरबासीलाई मासिक १० हजार लिटर खानेपानी निशुल्क उपलब्ध गराउने उल्लेख गरिएको छ। तर, नेकपा एमालेले पनि यहि बुँदा १५ दिन अगाडि नै घोषणापत्रमा उल्लेख गरिसकेको छ।

घोषणापत्रमा स्वास्थ्य, शिक्षा, खानपानी तथा सरसफाइ, खेलकुदलाई विशेष प्राथमिकतामा राखिएको छ।

हेटौँडा अस्पतालको स्तरोन्नति गर्न पहल गर्ने, जेष्ठ तथा अशक्त नागरिकको लागि घरघरमा स्वास्थ्य सेवा उपलब्ध गराउने, आद्योगिक क्षेत्रको लागि अनिवार्य आवश्यक जनशक्ति उत्पादन गर्ने, वार्षिक ३०० युनिट सम्मको बिजुली निशुल्क गर्ने, बाईपास सडकको स्थायी निर्माण गर्ने, एक घर एक रोजगारलाई विशेष प्राथमिकतामा राखेको छ।

घोषणापत्रमा प्रत्येक वडामा ‘फ्रि वाइफाई’ उपलब्ध गराउने उल्लेख गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved