बिहीबार भरतपुरमा गठबन्धनका शीर्ष नेताले संयुक्त सम्बोधन गर्ने

नेपालभ्युज

बिहीबार भरतपुरमा गठबन्धनका शीर्ष नेताले संयुक्त सम्बोधन गर्ने

चितवन। सत्तारुढ पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा संयुक्त आमसभा गर्ने भएको छ। २२ वैशाख बिहीबार भरतपुरको हाकिमचोकमा संयुक्त आमसभा आयोजना गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले बताए।

आमसभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन्।

यसैगरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोइराला पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ।

भरतपुरमा गठबन्धनले मेयरमा रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीलाई उम्मेदवार बनाएको छ। गठबन्धनो विरुद्धमा कांग्रेसबाट बिद्रोह गरेर जगन्नथा पौडेलले बागी उम्मेदवारी दिएका छन्।

नेकपा एमालेले पूर्वमन्त्री विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved