मावि तह शिक्षक पदको नतिजा सार्वजनिक, ३ हजार ८ सय बढी उत्तीर्ण

नेपालभ्युज

मावि तह शिक्षक पदको नतिजा सार्वजनिक, ३ हजार ८ सय बढी उत्तीर्ण

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आयोगले गत चैत १५ गते लिएको माध्यमिक तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो। ३२ हजार ९७ जना सहभागीमध्ये ३ हजार ८८६ जना परीक्षार्थाी उत्तीर्ण भएका आयोगले जनाएको छ।

उक्त पदका लागि शिक्षक सेवा आयोगले २९ मंसीरमा १ हजार ५४७ दरबन्दी खुलाएको थियो। परीक्षाको नतिजामा चित्त नबुझे पुनर्योग गर्न चाहने उम्मेदवारले २६ वैशाखभित्र आवेदन दिन सक्ने आयोगले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved