पाँचौँ नेपाल भ्रमणको तयारीमा रहेका मोदीका यसअघिको चार भ्रमण

नेपालमा स्थानीय तहको निर्वाचन सकिएको दुई दिनपछि हुने गरी तयारी थालिएको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण धार्मिक भ्रमण हुने परराष्ट्र स्रोत बताउँछ। धार्मिक भ्रमणका लागि नेपाल भ्रमणमा आए पनि मोदी काठमाडौं हुँदै लुम्बिनी जाने कार्यक्रम बन्ने स्रोत बताउँछ।

पाँचौँ नेपाल भ्रमणको तयारीमा रहेका मोदीका यसअघिको चार भ्रमण

काठमाडौं । औपचारिक घोषणा हुन बाँकी रहे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २ जेठमा परेको बुद्ध जयन्तीको अवसरमा लुम्बिनीको भ्रमण गर्ने तयारी भएको छ। भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारी नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले शुरु गरेका छन्। लुम्बिनीको कार्यक्रममा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदीसँगै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने अपेक्षा गरिएको छ।

नेपालमा स्थानीय तहको निर्वाचन सकिएको दुई दिनपछि हुने गरी तयारी थालिएको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण धार्मिक भ्रमण हुने परराष्ट्र स्रोत बताउँछ। धार्मिक भ्रमणका लागि नेपाल भ्रमणमा आए पनि मोदी काठमाडौं हुँदै लुम्बिनी जाने कार्यक्रम बन्ने स्रोत बताउँछ।

नेपालका प्रधानमन्त्री देउवाले १८ चैतदेखि तीन दिने भारतको भ्रमण गरेका थिए। नेपालका प्रधानमन्त्री देउवाको भारत भ्रमणका समयमा दुई पक्षीय विषयमा छलफल भएका कारण भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण धार्मिक भ्रमण हुने परराष्ट्र स्रोतको दाबी छ। नेपालका प्रधानमन्त्री देउवाले तीन दिने भारत भ्रमणको क्रममा राजधानी दिल्लीका अलावा भारतको धार्मिक शहर बनारसको पनि भ्रमण गरेका थिए।

नेपालका प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दुई पक्षीय सहयोगका विभिन्न क्षेत्रमा सहमति भएको थियो भने नेपाल भारतबीच विद्यमान रहेको सीमा समस्या समाधानका विषयमा पनि छलफल भएको थियो।

२०१९ देखि नेपाल भारतबीचको सम्बन्धमा तिक्कता ल्याएको सीमा समस्यालाई दुई पक्षीय संयन्त्रमार्फत हल गर्न भारत प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा सकारात्मक देखिएको थियो। भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई आफ्नो भूभागका रुपमा नक्सामा समेटेपछि दुई देशको सम्बन्धमा तिक्तता आएको थियो। सम्बन्धमा आएको तिक्ततापछि पहिलो पटक प्रधानमन्त्री देउवाले भारतको भ्रमण गरेका थिए।

यसबीचमा भारतका स्थल सेनापति र विदेश सचिवले नेपालको भ्रमण गरे पनि सरकारको उच्च तहबाट भने नेपाल भ्रमण भएको थिएन। विश्व जलवायु सम्मेलनमा सहभागी हुन स्कटल्याण्डको ग्लास्गो पुगेका अवसरमा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। प्रधानमन्त्री देउवाको निम्तोमा सकारात्मक रहेका मोदी देउवाको भारत भ्रमणपछि नेपाल भ्रमणमा आउन लागेका हुन्।

यसअघि २०२१ जनवरीमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतमा आयोजित दुई देशका परराष्ट्रमन्त्री स्तरीय संयन्त्रको बैठकमा सहभागी हुन बाहेक नेपालबाट उच्चस्तरको भ्रमण भएको थिएन। १८ चैतदेखि भएको प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा संयुक्त विज्ञप्ति भने प्रकाशित भएको थिएन। दुई देशका प्रधानमन्त्रीबीचको भेटघाटपछि संयुक्त विज्ञप्ति भने जारी भएको थिएन।

सन् २०१९ मा दोस्रो पटक प्रधानमन्त्री भएका मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ। २०१४ मा पहिलो पटक भारतको प्रधानमन्त्री हुँदा चार पटक नेपाल भ्रमण गरेका मोदीले दोस्रो कार्याकाल समालेको करीब तीन वर्षपछि नेपाल भ्रमण गर्न लागेका हुन्। यसअघि भारतीको पहिलो कार्यकालमा भारतीय प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गरेका थिए। पहिलो कार्यकालमा नै लुम्बिनीको भ्रमण गर्ने इच्छा राखेका उनको त्यो चहाना भने यो पटक पूरा हुने देखिएको हो।

२८ वैशाख २०७५ मा मोदीले आफ्नो तेस्रो नेपाल भ्रमणका क्रममा जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको भ्रमण गरेका थिए। यस्तै सोही वर्षको १४ भदौमा नेपालमा आयोजित बिमस्टेकको चौँथो सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका थिए। पहिलो पटक १८ साउन २०७१ मा नेपाल भ्रमणमा आएका मोदीको दोस्रो नेपाल भ्रमण भने १८ औँ सार्क सम्मेलनका दौरान १० मंसीर २०७१ मा भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved