सूर्या लाइफ इन्स्योरेन्स थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड, तीन विधामा सम्मानित

नेपालभ्युज

सूर्या लाइफ इन्स्योरेन्स थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड, तीन विधामा सम्मानित

काठमाडौं । ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीनवटा विधामा बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी, बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन नेपाल इन्स्योरेन्स इन्डस्ट्री र आउट स्ट्यान्डिङ पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल अवार्ड हासिल गरेको छ।

विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लूसी, इन्डियन इन्स्टिच्युट अफ इन्सुरेन्सलगायत थुप्रै प्रतिष्ठित संस्थाहरूबाट स्वतन्त्र रूपमा मूल्यांकन गरेर विभिन्न वित्तीय सूचकांकहरूमा उत्कृष्ट कार्यसम्पादनका आधारमा उक्त अवार्ड प्रदान गरिएको हो ।

बिमस्टेक मुलुकहरूबाट प्यानलिष्ट भई नेपालबाट प्रतिनिधित्व गरेका सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले ती अवार्डहरू ग्रहण गरेका छन्।

कार्यक्रममा खड्काले नेपालमा बीमाको वर्तमान अवस्था र महत्वका, साथै बीमा क्षेत्रकै नियमनकारी निकाय बीमा समितिद्वारा निर्वाह गरिएका अहम भुमिका र कदमहरूबारे पनि विस्तृत रुपमा प्रष्ट्याएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved