ब्रेकिङ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदै : औपचारिक घोषणाको तयारी

परराष्ट्र स्रोतले भन्यो, “केही आकस्मिकता आएन भने आगामी २ जेठमा मोदीले लुम्बिनी भ्रमण गर्नेछन्। जसको औपचारिक घोषणा यसै साता गर्ने तयारी छ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदै : औपचारिक घोषणाको तयारी

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन्। बुद्ध जयन्तीको अवसर पारेर मोदी आगामी २ जेठमा लुम्बिनीको भ्रमणका लागि नेपाल आउने भएका हुन्।

उच्च परराष्ट्र स्रोतका अनुसार, भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको तयारीमा नेपाल सरकार जुटेको छ। आसन्न भ्रमण मोदीको दोस्रो कार्यकालको पहिलो भ्रमण हुनेछ। २०१४ मा पहिलोपटक प्रधानमन्त्री भएपछि मोदी दोस्रो विदेश भ्रमणका रुपमा नेपाल आएका थिए।

२०१९ मा दोस्रोपटक प्रधानमन्त्री भएपछि मोदीले नेपाल भ्रमण गरेका छैनन्। सन् २०१८ मा नेपालले बिमस्टेक सम्मेलन गर्दा सहभागी हुन नेपाल आएका मोदीले लुम्बिनी भ्रमण गर्ने चर्चा थियो। तर उक्त भ्रमण हुन सकेन।

यसअघि जनकपुर र मुक्तिनाथको धार्मिक भ्रमण गरेका मोदी लुम्बिनीको पनि भ्रमण गर्न लागेका हुन्। उनले नेपाल भ्रमणका क्रममा पशुपतिनाथको समेत भ्रमण गर्ने गरेका छन्।

भ्रमणका तयारीका क्रममा परराष्ट्र मन्त्रालय र संस्कृति मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरुले लुम्बिनीको भ्रमण गरेका छन्। भारतबाट पनि विशेष सुरक्षा टोलीले लुम्बिनी भ्रमण गरिसकेको स्रोतको दाबी छ।

“विगत एक महीनादेखि काठमाडौंस्थित भारतीय दूतावासमार्फत धेरै कर्मचारीहरुले लुम्बिनी भ्रमण गरेका छन्। सम्भवतः यही साता मोदीको भारत भ्रमणको औपचारिक घोषणा हुने तयारी छ,” परराष्ट्र स्रोतले भन्यो, “केही आकस्मिकता आएन भने आगामी २ जेठमा मोदीले लुम्बिनी भ्रमण गर्नेछन्। जसको औपचारिक घोषणा यसै साता गर्ने तयारी छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved