काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्ने बताएका छन्। आज गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाउँदै उनले सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवम् पारदर्शी बनाइ कर्मचारीहरुमा जवाफदेहीता बढाउने र अकर्मण्यता पूर्ण रूपमा निर्मुल गर्ने, भ्रष्टाचारको शुन्य सहनशीलता कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।
उनले अपराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने र आफ्ना सहकर्मीहरुलाई साथमा लिई संगठन सुधारका काम लागू गर्ने प्रतिवद्धतासमेत जनाए। महानिरीक्षक सिंहले आसन्न स्थानीय तहको निर्वाचनलाई सुरक्षित, भयरहित तवरबाट सम्पन्न गर्ने पनि बताए।
उनले स्थानीय तहको निर्वाचनमा प्रत्येक नागरिकहरूले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने निर्वाचन सुरक्षा योजनाअनुरूप प्रहरीको सम्पूर्ण स्रोत, साधनहरू प्रभावकारी रूपमा परिचालित हुने बताए।
Facebook Comment
Comment