दुई दिने सार्वजनिक बिदाको चिकित्सक संघद्वारा स्वागत

नेपालभ्युज

दुई दिने सार्वजनिक बिदाको चिकित्सक संघद्वारा स्वागत

काठमाडौं। नेपाल चिकित्सक संघले दुई दिने सार्वजनिक बिदा दिने सरकारको निर्णयको स्वागत गरेको छ ।

संघका महासचिव डा बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै बिरामीलाई सेवा दिनुपर्ने चिकित्सक स्वयं आफू पनि मानसिक तथा शारीरिक तनावमा रहनुपर्ने भएकाले सरकारको निर्णय स्वास्थ्य क्षेत्रमा पनि लागू भई चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सहयोग मिल्ने बताए।

“हप्ताको सातै दिन, दिन रात नभनी बिरामीको सेवामा खटिने चिकित्सक आफ्नो व्यस्त समयका कारण परिवारलाई समय दिन नसक्नु, आफ्नो कार्यमा व्यस्त रहनुले दुई दिनको सार्वजनिक बिदा दिने निर्णयले चिकित्सकलाई राहत मिलेको छ”, विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved