हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय निजी विद्यालयले नमान्ने

नेपालभ्युज

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय निजी विद्यालयले नमान्ने
फाइल तस्वीर

काठमाडौं। हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक चाप पर्ने र अध्ययन पठ्यक्रम पनि समयमा नसकिने भन्दै निजी शैक्षिक संस्थाहरूले सरकारले उक्त निर्णय नमान्ने बताएका छन्। आफूहरूसँग कुनै छलफल र परामर्श नै नगरी सरकारले अव्यवहारिक निर्णय गरेको भन्दै निजी विद्यालयले सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।

उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थाहरूसँग बिना कुनै छलफल हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय नमान्ने बताए। सरकारले दिने सार्वजनिक बिदा पनि धेरै रहेको र सार्वजनिक बिदाको कटौती नगरी हप्ताको दुई दिन बिदा दिँदा पाठ्यक्रम पढाउन नसकिने उनको भनाइ थियो। उनले सरकारले दुई दिन बिदा दिने कुराको वास्तविक कारण पनि नदिएकोले निजी शैक्षिक संस्था शनिबार बाहेकका दिनमा खुल्ने बताए।

त्यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघका सचिव विष्णु पराजुलीले पनि सरकारको उक्त निर्णयप्रति आपत्ति जनाउँदै कर्मचारीलाई हेरेर निर्णय गरिएकोमा विद्यार्थीका लागि उक्त निर्णय सही नहुने बताए। हप्तामा दुई दिन बिदा दिने निर्णय अव्यवहारिक भएको भन्दै कर्मचारीका लागि पनि दुई दिन बिदा दिने निर्णयले महत्व नराख्ने धारणा उनले राखे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved