नेपाल प्रहरीको नेतृत्वमा धिरजप्रताप सिंह

आईजीपीको दौडमा सिंह र पोखरेलसँगै एआईजीद्वय सहकुल थापा र रवीन्द्र धानुक पनि रहेका थिए।

नेपालभ्युज

नेपाल प्रहरीको नेतृत्वमा धिरजप्रताप सिंह

काठमाडौं। नेपाल प्रहरीको नेतृत्वमा प्रहरी अतिरिक्त महानिरीक्षक धिरजप्रताप सिंहले बाजी मारेका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो।

वरीयताक्रममा पछि रहेका सिंह प्रधानमन्त्री शेरबहादुर देउवाको अडानका कारण नेपाल प्रहरीको प्रमुख बनेका हुन्।

गृहमन्त्री बालकृष्ण खाँण वरीयतामा शीर्ष स्थानमा रहेका एआईजी विश्वराज पोखरेललाई नै प्रहरीको नेतृत्व सुम्पिने तयारीमा भए पनि सिंहले बाजी मारेका हुन्।

यसअघि, केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बनाउने गरी एआईजीमा एकल बढेवा गरेको थियो।

आईजीपीको दौडमा सिंह र पोखरेलसँगै एआईजीद्वय सहकुल थापा र रवीन्द्र धानुक पनि रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved