‘फुटबलर अफ द इयर’ बने सलाह

जारी सिजनको प्रिमियर लिगको ३१ खेलमा सलाहले २२ गोल गरिसकेका छन् भने १३ असिस्ट गरेका छन्।

नेपालभ्युज

‘फुटबलर अफ द इयर’ बने सलाह

काठमाडौं। इजिप्टका स्टार फुटबलर मोहमद सलाहले फुटबलर अफ द इयर अवार्ड जितेका छन्।

इंग्लिस क्लब लिभरपुलका फरवार्ड सलाहले ‘एफडब्लूए फुटबलर अफ द इयर’ अवार्ड जितेका हुन्।

फुटबल राइरटर्स एसोसिएसनले सलाहलाई हिजो ‘फुटबलर अफ द इयर’को अवार्ड दिएको हो।

२९ वर्षीय सलाहले यस सिजनमा गरेको प्रदर्शनको आधारमा उत्कृष्ट खेलाडी बन्दै एसोसिएसनले प्रदान गर्ने ‘फुटबलर अफ द इयर’ अवार्ड जितेका हुन्।

यस सिजन प्रिमियर लिगको ३१ खेलमा सलाहले २२ गोल गरिसकेका छन् भने १३ असिस्ट गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved