भरतपुरको चुनावी सभालाई ओलीले सम्बोधन गर्ने

२६ वैशाख निर्वाचन प्रचार प्रसारको अन्तिम दिन पारेर चितवनमा आयोजना हुने सभालाई ओलीले सम्बोधन गर्ने तयारी भएको चितवन एमालेले जानकारी दिएको छ।

नेपालभ्युज

भरतपुरको चुनावी सभालाई ओलीले सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) ले २६ वैशाखमा चितवनमा आयोजना गर्ने चुनावी सभालाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। २६ वैशाख निर्वाचन प्रचार प्रसारको अन्तिम दिन पारेर चितवनमा आयोजना हुने सभालाई ओलीले सम्बोधन गर्ने तयारी भएको चितवन एमालेले जानकारी दिएको छ।

भरतपुर महानगरपालिकामा एमालेबाट चितवन एमालेका पूर्वअध्यक्ष विजय सुवेदीले मेयर पदमा प्रतिस्पर्धा गर्दैछन्। भरतपुर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको एमालेले उपमेयर पदमा सोही पार्टीका उम्मेदवारलाई सहयोग गर्दैछ।

पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की रेनु दाहाल भरतपुरमा मेयर पदको प्रत्यासी हुन्। मेयरमा माओवादी केन्द्रकी दाहालले प्रतिस्पर्धा गर्दा गठबन्धनकातर्फबाट उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उठेका छन्।

भरतपुर महानगरपालिकामा जगन्नाथ पौडेलले पनि मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। त्रिपक्षीय प्रतिस्पर्धा हुने विश्वास गरिएको भरतपुरमा एमालेको चुनावी प्रचारका लागि ओली पनि सहभागी हुने भएका हुन्।

माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्रसमेत रहेको चितवनमा एमालेले आफ्नो निर्वाचन अभियानलाई तीव्रता दिएको छ। हालसम्म भरतपुरका मेयर प्रत्यासी सुवेदीले पाँच वटा वडामा आफ्नो निर्वाचन अभियान सकिसकेका छन्।

२९ वडा रहेको भरतपुरमा एमालेले पाँच वटा वडामा निर्वाचन प्रचार सक्दै गर्दा गठबन्धन दलले भने १५ वैशाखमा आफ्नो साझा निर्वाचन कार्यालय स्थापना गरेको छ। जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिँदा गठबन्धनबाट मेयरकी प्रत्यासी रेनु दाहाललाई केही अप्ठेरो पर्ने आकलन गरिएको छ।

२०७४ को स्थानीय तहको निर्वाचनमा रेनुसँगै एमालेका तत्कालीन मेयरका प्रत्यासी देवी ज्ञवालीले २०९ को झिनो मतान्तरले निर्वाचन हारेका कारण पनि यो पटक एमालेले भरतपुरको मेयर पदलाई प्रतिष्ठाको विषय बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved