साझा उम्मेदवार जिताउन किसान सङ्गठनको अपिल

गठबन्धनका उम्मेदवारलाई किसानमुखी नीति तथा कार्यक्रम अघि सार्दै निर्वाचनमा प्रस्तुत हुन आग्रह गर्दै उनीहरुले निर्वाचनमा विजयी भएपश्चात् ती कार्यक्रमलाई इमानदारितापूर्वक लागू गर्न ध्यानाकर्षण गराएका छन्।

नेपालभ्युज

साझा उम्मेदवार जिताउन किसान सङ्गठनको अपिल

काठमाडौं। सत्ता गठबन्धनसँग आबद्ध किसान सङ्गठनले स्थानीय तह सदस्य निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन्।

गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (मसाल)सँग आबद्ध किसान सङ्गठनले पाँच दलीय गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन र गठबन्धनमा आबद्ध राजनीतिक दलका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेका हुन्।

आज संयुक्त विज्ञप्ति जारी गर्दै पाँच सङ्गठनले कृषि क्रान्ति, वैज्ञानिक भूमिसुधार, खाद्य सम्प्रभूता, जलवायु न्याय, नेपाली किसानको हकहित र अधिकार तथा कृषि क्षेत्र व्यवसायीकरण, औद्योगिकीकरण, सहकारीकरण र दिगो विकासका पक्षमा उभिन सम्पूर्ण राजनीतिक दललाई आग्रहसमेत गरेका छन्।

गठबन्धनका उम्मेदवारलाई किसानमुखी नीति तथा कार्यक्रम अघि सार्दै निर्वाचनमा प्रस्तुत हुन आग्रह गर्दै उनीहरुले निर्वाचनमा विजयी भएपश्चात् ती कार्यक्रमलाई इमानदारितापूर्वक लागू गर्न ध्यानाकर्षण गराएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved