केशव स्थापितको बचावट गर्दै ओलीले भने : चुनाव आयो कि मीटू ?

स्थापितको बचावट गर्दै भने, ‘मीटू को केही जवाफ हुन्छ ? चुनाव आयो कि मिटू, म एउटा कुरा के भन्छु भने महिला अस्मिता, अधिकारको सम्बन्धमा, सुरक्षाको सम्बन्धमा नेकपा एमाले जति सजग अरु कोही पनि छैन।”

नेपालभ्युज

केशव स्थापितको बचावट गर्दै ओलीले भने : चुनाव आयो कि मीटू ?

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरूलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उनले कांग्रेसमा राजनीतिक सोच नभएका व्यक्ति उम्मेदवारमा आएको आरोप लगाउँदै काठमाडौंमा एमालेले जित्ने दाबी गरे। काठमाडौंमा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितको बचावट गर्दै उनले स्थापितमाथि लागेको आरोप विपक्षीको चुनावी एजेण्डा भएको लक्षित गरे। एमालेले नै महिलाको अस्तित्व रक्षा गरेको बताउँदै उनले यौन दुर्व्यवहार आरोपित स्थापितको बचावट गर्दै भने, ‘मीटू को केही जवाफ हुन्छ ? चुनाव आयो कि मिटू, म एउटा कुरा के भन्छु भने महिला अस्मिता, अधिकारको सम्बन्धमा, सुरक्षाको सम्बन्धमा नेकपा एमाले जति सजग अरु कोही पनि छैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved